काठमाडौं, साउन १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता पदमा सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
गत महाधिवेशनमा रास्वपाको विधान संशोधन गरी पहिलोपटक वरिष्ठ नेता पदको व्यवस्था गरिएको थियो। यसअघि बालेन्द्र शाह विधानमा स्पष्ट व्यवस्था नहुँदा आपसी सहमतिका आधारमा वरिष्ठ नेताको भूमिकामा रहनुभएको थियो भने यसपटक उहाँलाई विधानअनुसार औपचारिक रूपमा वरिष्ठ नेतामा अनुमोदन गरिएको हो।
केन्द्रीय समिति बैठकमा सभापतिले गर्ने अन्य मनोनयन भने हाललाई स्थगित गरिएको छ। आजको बैठकमा अन्य मनोनयनसम्बन्धी प्रस्ताव पेश नभएको केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
रास्वपाको विधानअनुसार सभापतिले एक उपसभापति, एक महामन्त्रीसहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।
सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।गत म हाधिवेशनमा रास्वपाको विधान संशोधन गरी पहिलोपटक वरिष्ठ नेता पदको व्यवस्था गरिएको थियो।
यसअघि बालेन्द्र शाह विधानमा स्पष्ट व्यवस्था नहुँदा आपसी सहमतिका आधारमा वरिष्ठ नेताको भूमिकामा रहनुभएको थियो भने यसपटक उहाँलाई विधानअनुसार औपचारिक रूपमा वरिष्ठ नेतामा अनुमोदन गरिएको हो।
केन्द्रीय समिति बैठकमा सभापतिले गर्ने अन्य मनोनयन भने हाललाई स्थगित गरिएको छ। आजको बैठकमा अन्य मनोनयनसम्बन्धी प्रस्ताव पेश भएन ।
रास्वपाको विधानअनुसार सभापतिले एक उपसभापति, एक महामन्त्रीसहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।













प्रतिक्रिया दिनुहोस्