जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०७:५६

जबर्जस्ती करणी मुद्दाका फरार जनक राई कतारबाट पक्राउ


काठमाडौं, १४ साउन ।  जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन्।

एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका राईलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो।

उक्त मुद्दामा संलग्न रही फरार रहेका राईलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते रेड नोटिस जारी गरेको थियो।

नेपाल फिर्ता ल्याइएका राईलाई सम्बन्धित कसुरमा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।