जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०९:५७

जनतालाई भ्रममा राखेर सत्तामा पुगेकाहरूले अहिलेको अवस्था किन आयो भन्ने जवाफ दिनुपर्छ :  महेश बस्नेत


काठमाडौं, साउन १४ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले लामो समयदेखि स्थापित राजनीतिक दलहरूविरुद्ध भ्रम सिर्जना गर्दै जनतालाई असम्भव अपेक्षा देखाएर सत्तामा पुगेका शक्तिहरूले अहिले जनआक्रोशको सामना गरिरहेको टिप्पणी गर्नुभएको छ।

सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करिब ३५ वर्षदेखि सक्रिय राजनीतिक दलहरूले केही नगरेको भन्ने भाष्य निर्माण गरी जनतालाई गालीगलौज, अराजक गतिविधितर्फ उक्साउने तथा राज्यका प्रमुख संस्थामाथि भएको हिंसात्मक घटनापछि नेतृत्वमा पुगेकाहरू छोटो समयमै अलोकप्रिय बन्दै गएको उल्लेख गर्नुभएको छ।

“यसको जवाफ रास्वपा र बालेनले दिनुपर्छ, यदि त्यसको जवाफ दिन नसक्ने अवस्था हो भने, जिम्मेवारी वहन गर्ने वा पद छाड्ने निर्णय लिनुपर्नेछ,” 

“ करिब ३५ वर्ष पुराना दलहरूले केही गरेनन् भन्ने भ्रम फैलाएर, जनतालाई गालीगलौज र अराजक गतिविधितर्फ उक्साएर, जनतामा असम्भव अपेक्षा जगाएर तथा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको हिंसात्मक घटनापछि सत्तामा आएका बालेनहरू आखिर ४ महिनामै किन यति धेरै बदनाम, अलोकप्रिय र जनआक्रोशको सिकार बन्दैछन् ? यो प्रश्नको जवाफ प्रत्येक नागरिकले खोज्नुपर्ने बेला आएको छ,” उहाँले उल्लेख गर्नुभएको छ।

बस्नेतले उक्त अवस्थाबारे विशेष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाहले जनतालाई स्पष्ट जवाफ दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। “यसको जवाफ रास्वपा र बालेनले दिनुपर्छ, यदि त्यसको जवाफ दिन नसक्ने अवस्था हो भने, जिम्मेवारी वहन गर्ने वा पद छाड्ने निर्णय लिनुपर्नेछ,” सचिव बस्नेतले बताउनुभएको छ।