काठमाडौं, साउन १४ । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो सार्वजनिक गर्ने २४ वर्षीय युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समिर थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार थापाले रूप परिवर्तन गरी आफूलाई ‘पाथीभरा माता’का रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण सामग्री सार्वजनिक गर्दै आएका थिए। उक्त सामग्रीबाट आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थामा असर पर्ने तथा अनावश्यक विवाद उत्पन्न हुने अवस्था देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले थापालाई साउन १३ गते राति पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्