काठमाडौं, साउन १४। सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेश जारी रहेको अवस्थामा दुई पक्षबीच झडप बढ्दै गएपछि गोलबजार क्षेत्र तनावग्रस्त बनेको हो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर मृत्यु हुनेमा गणेश यादव रहेका छन् ।
स्थिति नियन्त्रणमा लिन गोलबजार क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूबीच पनि झडप बढेपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्