काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उहाँहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।
उहाँले भोलि नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा उठ्ने विषय, सम्भावित सहमति, सम्झौता र शिलान्यासका कार्यक्रमबारे जानकारी गराएको बताइएको छ ।
यसैबीच, नेपाल र भारतका प्रतिनिधिमण्डलबीचको भेटवार्ता सम्पन्न भएपछि अहिले नेपालका परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच छुट्टै छलफल भइरहेको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र आगामी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्