काठमाडौं, मंसिर ७। दुई दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका उपहार आदानप्रदान भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई रुद्राक्षको माला, पशुपतिनाथको चन्दन र शालिग्रामसहितको विशेष उपहार सेट प्रदान गर्नुभएको छ।
प्रधानमन्त्री शाहले विशेष बाकसमा सजाएर लानुभएको रुद्राक्षको माला तथा पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन मोदीलाई उपहारस्वरूप हस्तान्तरण गर्नुभएको थियो। त्यसैगरी, शालिग्रामसमेत समावेश गरिएको उपहार सेट उहाँले भारतीय प्रधानमन्त्रीलाई प्रदान गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल उपहार दिनुभएको थियो।
दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत झल्काएको छ।
उपहार आदानप्रदानपछि प्रधानमन्त्री शाह र मोदीबीच दुईपक्षीय भेटवार्ता सुरु भएको थियो। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्