जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ११:३८

नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार ८ सय रुपैयाँले बढ्यो


काठमाडौं, मंसिर ७ । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि शनिबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

लगातार घट्दै गएकाे सुनको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएकाे हाे ।