काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर ग्रहण गर्नुभएको छ।
भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई राजकीय सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो। राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई सम्मान प्रकट गर्ने परम्पराअनुसार प्रधानमन्त्री शाहलाई उक्त सम्मान प्रदान गरिएको हो।

गार्ड अफ अनर प्रदान गर्ने समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुई दिनकाे भारत भ्रमणका लागि जानु भएका शाह आज स्वदेश फर्कँदै हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्