जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०९:१८

एमाले सिन्धुली–काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा रमेश काफ्ले सर्वसम्मत निर्वाचित


काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) सिन्धुली–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट रमेश काफ्लेको नेतृत्वमा ३४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। काठमाडौंको बिजुली बजारस्थित क्रिस्टल पार्टी भेन्युमा सम्पन्न अधिवेशनले अरुण माझीको अध्यक्षतामा लेखा कमिटीसमेत सर्वसम्मत चयन गरेको छ।

सम्पर्क कमिटीका अध्यक्ष विना श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) केन्द्रीय कमिटीका उपाध्यक्ष, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क विशेष संगठन कमिटीका इन्चार्ज लालबाबु पण्डित विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी पार्टी केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीका इन्चार्ज डा. श्यामकुमार बस्नेत, केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला कमिटीका इन्चार्ज प्रदीप कटुवाल, केन्द्रीय अनुशासन आयोगका सदस्य रणकुमारी मगर, घनेन्द्र श्रेष्ठ, सम्पर्क मञ्चका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य गणेशकुमार पहाडीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्यहरू उमा कोइराला र सुभाष देवकोटा, सम्पर्क विशेष संगठन कमिटीका अध्यक्ष अशोककुमार ठकुरी, उपाध्यक्ष नारायणप्रसाद पाण्डे, सचिव कपिलदेव ओली, सचिवालय सदस्य सरिता दाहाल, बागमती प्रदेश कमिटीका सदस्यहरू, सम्पर्क कमिटीका पदाधिकारी तथा सदस्यहरू, सिन्धुली जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो।

त्यस्तै सिन्धुली कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, विभिन्न जिल्ला तथा पालिका सम्पर्क कमिटीका अध्यक्ष, पदाधिकारी, अग्रज नेता, सल्लाहकार, विद्यार्थी नेता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन सत्रपछि सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डल तथा निर्वाचन मण्डल गठन गरी अधिवेशनको प्रक्रिया अगाडि बढाइएको थियो। बन्दसत्रमा राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै ती प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

अधिवेशनले संगठनको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक निर्णय गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको थियो। अध्यक्ष मण्डलका अध्यक्ष ध्रुवकुमार श्रेष्ठ तथा निर्वाचन मण्डलका अध्यक्ष मोदनाथ काफ्लेलगायतको सहजीकरणमा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको थियो।

अधिवेशनबाट अध्यक्षमा रमेश काफ्ले निर्वाचित हुँदा उपाध्यक्षमा कमल पुलामी, सचिवमा माधव दर्लामी, उपसचिवमा युवराज देवकोटा र सङ्गिता गिरी तथा वित्त तथा कोष विभाग प्रमुखमा चित्रबहादुर पौडेल (रामशरण) सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा प्रेमबहादुर लुङ्गेली, ओमबहादुर सुनुवार, सम्झना पहाडी, ईश्वरबहादुर खत्री, अर्जुनबहादुर विश्वकर्मा, चन्द्र श्रेष्ठ, छलकुमारी पहाडी (सुशिला), अप्सरा थापा, विष्णुबहादुर श्रेष्ठ (श्याम), हेराज थापा, सुशिला बस्नेत, चेतकुमार श्रेष्ठ, खिलनारायण श्रेष्ठ, भोजराज पहाडी, कुमार श्रेष्ठ, भीमबहादुर श्रेष्ठ (निकेश), यमबहादुर यस्माली, एकबहादुर पुलामी, शोभा तामाङ, मुना आचार्य, लेखनाथ श्रेष्ठ, दुर्वास पहाडी, दर्पण बल तामाङ, कल्याण पहाडी, सोविन्द्र राना मगर, गणेशबहादुर लुङ्गेली मगर, इन्दिरा कपाली थापा र श्यामकुमारी यस्माली निर्वाचित हुनुभएको छ।

 अरुण माझीको अध्यक्षतामा निर्वाचित लेखा कमिटीसको उपाध्यक्षमा इन्द्रप्रसाद काफ्ले र सचिवमा खेतराज पौडेल चयन हुनुभएको छ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तथा सर्वसम्मत नेतृत्व चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मण्डलका अध्यक्ष ध्रुवकुमार श्रेष्ठलगायत सम्पूर्ण सदस्य र निर्वाचन मण्डलका अध्यक्ष मोदनाथ काफ्लेलगायत सदस्यहरूप्रति सिन्धुली–काठमाडौं सम्पर्क कमिटीले आभार तथा धन्यवाद व्यक्त गरेको छ।

नयाँ नेतृत्व चयनसँगै सिन्धुली–काठमाडौं सम्पर्क कमिटीले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा संगठनात्मक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।