काठमाडौँ, मङ्सिर ९ । देशभर आजको मौसम मुख्यतया सफा रहने भएको छ । केही प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना रहे पनि वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ ।
बिहानपख काठमाडौँ उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । अन्य तराई क्षेत्रमा पनि थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्