काठमाडौँ, मङ्सिर ९ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णयअनुसार ६० जना एसपीको सरुवा गरेको हो ।
विभागका अनुसार सरुवा भएका सबै प्रहरी उपरीक्षकले मङ्सिर महिनादेखिको तलब तथा भत्ता सरुवा भएकै कार्यालयबाट पाउनेछन् ।
सोहीअनुसार अभिलेख मिलाउन विभागले राष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्