जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ११:५३

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो, २ लाख ४२ हजार ८०० पुग्यो


काठमाडौँ, मङ्सिर १० । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ थियो।