काठमाडौँ, मङ्सिर ९ । लगातार दुई दिन बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको मूल्य एकैदिन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर दुई लाख ४७ हजार ९०० रुपैयाँ पुगेको थियो । त्यस्तै, सोमबार तोलामा चार हजार ८०० रुपैयाँले बढेर सुनको मूल्य दुई लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँले घटेर तीन हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ र सोमबार ४५ रुपैयाँले बढेको थियो । मंगलबार चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्