काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्नुभएको छ।
बिहीबार काठमाडौँको बुद्धनगरमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, मुलुकको आर्थिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे सम्पादकहरूसँग संवाद गर्नुभएको हो।
अन्तरक्रियामा सहभागी सम्पादकहरूले समसामयिक राजनीति, जनजीविकाका सवाल तथा सञ्चार क्षेत्रका विभिन्न मुद्दामा आ–आफ्ना धारणा र सुझाव राख्नुभएको थियो।
छलफलमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र सञ्चार क्षेत्रका चुनौतीलगायत विषयमा विचार आदानप्रदान भएको थियो।













प्रतिक्रिया दिनुहोस्