जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार ०७:३१

आज पहाडी क्षेत्रमा आंशिक बादल, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, १३ मंसिर । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।

आज दिउँसो हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । बिहानपख उपत्यका, खोँच तथा तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।