जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार ०८:२४

कांग्रेसको ‘हामी तयार छौँ अभियान’का प्रतिनिधिकाे अभिमुखीकरण आज


काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने भएको छ।

कांग्रेस सभापति गगन थापाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका का.वा. मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे। उहाँका अनुसार कार्यक्रम बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, आवश्यक जानकारी र कार्यदिशाबारे स्पष्ट पार्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने भर्चुअल माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको दुलालले बताउनुभयाे ।