जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार ११:०७

सुन तोलामा २ हजारले बढ्यो, चाँदीको भाउ पनि उकालो


काठमाडौं, मंसिर १३ । हप्ताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ। सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि कारोबार भएको हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि लगातार १० दिनसम्म घटेको सुनको मूल्यमा पछिल्ला दिनहरूमा पुनः उतारचढाव देखिन थालेको छ।