काठमाडौं, पुस २३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’बनाउने घोषणा गर्नु भएको छ । मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरी सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीतिल्याउने योजना पनि अघि सार्नु भयो ।
काठमाडौंमा आयोजित छाउगोठ सम्बन्धि अन्तरक्रियामा बोल्दै उहाँले छाउगोठ मुक्त नेपालबनाउनआवश्यक सुझावदिनपनि कर्णालीप्रदेश र सुदूरपश्चिमप्रदेशका सांसदहरुलाई आग्रहगर्नु भयो । ‘सामाजिक कूरीतिको रुपमा रहेको छाउगोठ उन्मुलनहुने गरी सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु ।’
मन्त्री गुरुङले छाउगोठ मुक्त समाज निर्माणका लागि सरकारले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउने गरी तत्काल कार्य दल गठन गर्न लागेको जानकारी पनि दिनुभयो । कार्यक्रममा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ अन्त्यगर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्