जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १६:१२

नेपालद्वारा चिनलाई एक लाख प्रोटेक्टिभ मास्क सहयोग हस्तान्तरण


काठमाडौं, माघ २४

नेपाल सरकारले चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग हस्तान्तरण गरेको छ । नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई सरकारको सो संख्यामा मास्क सहयोग गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार आज परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई सयुक्त रुपमा मास्क हस्तान्तरण गर्नुभयो । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्यधिक माग भएपछि सरकारले एक लाख वटा सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताउनुभयो । यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुख सहितको हिजोको बसेको बैठकले कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।