जनता टाइम्स

२७ माघ २०७६, सोमबार ११:५५

अंग्रेजी चलचित्रलाई पछाडी पार्दै दक्षिण कोरियाली चलचित्र पारासाइटले जित्यो ओस्कार अवार्ड


काठमाडौं, माघ २७

दक्षिण कोरियामा बनेको चलचित्र पारासाइटले हलिउड चलचित्रको सर्वाधिक सम्मानित एकेडेमी अर्थात ओस्कार अवार्ड जितेको छ । बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।सर्वोत्कृष्ट निर्देशकको अवार्ड पारासाइटका निर्देशक बोङ्गले नै जिते । सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो ।

पारासाइटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ। अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

उनले जोकरकै लागि गोल्डेन ग्लोब र बाफ्टा अवार्ड पनि जितेका थिए । उनले ओस्कारमा ‘वन्स अपअन अ टाइम इन हलिउड’ का लियोनार्डो डिक्याप्रियोसहितलाई पछि पारेका हुन् । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितिन्, उनले गोल्डेन ग्लोब अवार्ड पनि जितेकी थिइन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्रः पारासाइट

सर्वोत्कृष्ट निर्देशकः बोङ्ग जून–हो (पारासाइट)

सर्वोत्कृष्ट अभिनेत्रीः रेने जेल्वेगर (जुडी)

सर्वोत्कृष्ट अभिनेताः वाकिन फिनेक्स (जोकर)

विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रः पारासाइट

सर्वोत्कृष्ट सहअभिनेत्रीः लोरा डर्न (म्यारिज स्टोरी)

सर्वोत्कृष्ट सहअभिनेताः ब्राड पिट (वन्स अपअन अ टाइम इन हलिउड)

सर्वोत्कृष्ट ओरिजिनल सङ्गः आइएम गन लभ मी अगेन (रकेटम्यान)

सर्वोत्कृष्ट ओरिजिनल स्कोरः जोकर

सर्वोत्कृष्ट मेकअप एण्ड हेयरः बम्बशेल

सर्वोत्कृष्ट भिजुअलइफेक्ट्सः १९१७

सर्वोत्कृष्ट चलचित्र सम्पादनः फोर्ड भर्सेज फरारी

सर्वोत्कृष्ट ध्वनी समिश्रणः १९१७

सर्वोत्कृष्ट ध्वनी सम्पादनः फोर्ड भर्जेज फरारी

सर्वोत्कृष्ट सिनेटम्याटोग्राफीः १९१७

सर्वोत्कृष्ट छोटो अवधिको वृत्तचित्रः लर्निङ्ग टू स्केटबोर्ड इन वारजोन (इफ यू आर ब गर्ल)

सर्वोत्कृष्ट वृत्तचित्रः अमेरिकन फ्याक्ट्री

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः लिटल वुमन

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः वन्स अपअन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट एनिमेटेड चलचित्र (छोटो अवधि): हेयर लभ

सर्वोत्कृष्ट लाइभ एक्सन (छोटो अवधि): द नेवर्स विन्डो

सर्वोत्कृष्ट एडप्टेड स्क्रीनप्लेः जोजो  र्‍याबिट

सर्वोत्कृष्ट ओरिजिनल स्क्रीनप्लेः पारासाइट

सर्वोत्कृष्ट एनिमेडेट चलचित्रः टोइ स्टोरी ४