ललितपुर, माघ २७ । नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीको घरमा एक जनाको शव भेटिएको छ । पूर्वसचिव कार्कीको सानेपाहाइटस्थित घरमा कामदारका रुपमा कार्यरत विजयी चौधरीको शव फेला परेको हो । ललितपुर प्रहरीका अनुसार चौधरीको शव भेटिनुका साथै कार्कीकी पत्नी मुना कार्कीलाई चिन्ताजनक अवस्थामा फेला पर्नुभएको छ ।
गम्भीर घाइते अवस्थामा फेला पर्नुभएकी कार्कीकी श्रीमती मुनालाई सानेपामा रहेको स्टार अस्पताल लगिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो । कसैले उहाँलाई खुकरी वा धारिलो हतियार प्रयोग गरेको देखिएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मुनाको टाउकोमा चोट छ । कार्की घरमा काम गर्ने विजय चौधरीको झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहान पशुपति दर्शन गरेर फर्किएका कार्कीले घरमा रगतले लतपत रहेको अवस्थामा देखेका थिए । घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्