काठमाडौं, फागुन १८
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार गर्दै हुनुहुन्छ । उहाले सरकारी अस्पताल टिचिङमा मिर्गौला प्रत्यारोपण गर्न सोमबार भर्ना हुनुहुदैछ । केही समय पहिलादेखि टिचिङमा उहाले नियमित स्वास्थ्य जाँच गर्दै आउनु भएको छ ।
टिचिङमै उहाले मिर्गौला प्रत्यारोपण गर्नुका केही यस्ता कारण छन्, जसले उहालाई प्रभावित बनाएको हो । त्यहा निक्कै अनुभवी र सफलता पाएको चिकित्सकको टोली छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र ग्राण्डी अस्पताल धापासीमा कार्यरत युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीका अनुसार टिचिङमा अहिलेसम्म भएका मृगौला प्रत्यारोपणमा ९८ दशमलव ७ प्रतिशत सफलता प्राप्त भएको छ ।
‘नेपालमा मिर्गौला प्रत्यारोपणको सफलताको अवस्था धेरै राम्रो छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिर्गौला प्रत्यारोपण गरिसकेपछि त्यो मिर्गौलाले एक वर्षसम्म काम गर्ने तथ्यांक ९५ देखि ९७ प्रतिशत भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ’, उहाले भन्नुभयो, ‘त्रिवि शिक्षण अस्पतालको तथ्यांक हेर्ने हो भने हो भने ९८ दशमलव ७ प्रतिशत छ ।’ यो भनेको अन्तर्राष्ट्रिय स्तरभन्दा अझै राम्रो हो ।
उहाले एउटै व्यक्तिले पाच पटकसम्म मिर्गौला प्रत्यारोपण गरेको आफुले भेटेको बताउनु भयो , ‘एउटै बिरामीको पाचौं पटक प्रत्यारोपण गरेकोमा पनि मैले एसिस्ट गर्ने मौका पाएको थिएँ । मैले पढ्ने बेलामा यस्तो मौका पाएको हो । तर नेपालमा एक पटक मिर्गौला प्रत्यारोपण गरेर फेरि मिर्गौला फेल भएको बिरामीको मिर्गौला प्रत्यारोपण गरेको सबैभन्दा बढी अनुभव त्रिवि शिक्षण अस्पतालसँग नै छ । ’ टिचिङले अहिलेसम्म १० वटा बिरामीको अपरेसन गरेको छ । १० वटामै सफल भएको चिकित्सक ज्ञवालीले जानकारुी दिनुभयो । उहाँहरूको दोस्रो मिर्गौलाले एकदम राम्रोसँग कामसमेत गरिरहेको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्