काठमाडौं, फागुन २२
बिहीबार सुन प्रतितोला ८० हजार ७ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो । बुधबार ८० हजार ५ सय पुगेको सुन बिहीबार २ सयले बढेर ८० हजार ७ सय पुगेको हो। बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ८० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ८० हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहिबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८ सय ८० रुपैयाँले बिक्री बितरण भएको चाँदी आज पनि सोही मूल्य यथावत् रहेको छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। बिहीबारअन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको बताउँछन्।
प्रतिक्रिया दिनुहोस्