काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहानै त्रिबि शिक्षण अस्पतालका चिकित्सकहरुको बिफ्रिङका आधारमा सूचना दिनुभयो, ‘सम्मानीय प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको छ, उहाँले आफै दाह्री काटनुभयो ।’ प्रेस सल्लाहकार थापाको यो सूचनाले स्वदेश तथा बिदेशमा रहेका सवै नेपाली खुसी भए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकोमा खुसी हुन स्वभाविक थियो । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । मिर्गाैला प्रत्यारोपन गरिएका बिरामीले सात दिन नपुग्दै आफैले दाह्री काटनु भनेको स्वास्थ्यमा भएको उल्लेख्य सुधार नै थियो । चिकित्सकहरुले मंगलवार नै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएपनि निवासमा अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने ब्यवस्थापनका कारण आफूहरु ढुक्क नहुँदासम्म डिष्चार्ज नगर्ने जानकारी दिनुभएको थियो ।
मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्री ओलीको निजी चिकित्सक प्राडा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै आफूहरुले कम्फटेवल र कन्फिडेन्ट भएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गरिने बताउनुभयो । मंगलवार भन्दा आज प्रधानमन्त्री ओलीको स्वस्थ्यमा थप सुधार भएपछि आफैले दाह्री काटनुभयो । सोही सूचना थापाले बाहिर ल्याएपछि केही मिडियाले एकाएक भ्रम फैलाए, मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुर लागे तयारी भन्दै ।
प्रायोजित रुपमा अफवाह फैलाउन यो समाचार लेखिएको देखिएको छ । प्रधानमन्त्री जस्तो सम्मानित ब्यक्तिको बिषयमा गरिएको यस प्रकारको हर्कतले धेरैको मन कुडिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले सोही समाचार उधृत गर्दै सतप्रतिशत झुटो सूचना भन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई थप उपचारको लागि सिंगापुर लैजाने कुरा १०१ प्रतिशत गलत झुटो रहेको प्रेस सल्लाहकार थापाले बताउनुभयो । ‘त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु,’ थापाले सामाजिक सञ्जालमै भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्