जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १८:४०

प्रधानमन्त्री डिष्चार्ज, यस्तो छ चिकित्सकको सुझाव


काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली डिष्चार्ज हुनुभएको छ । मिर्गाैला प्रत्यारोपण गरिएको दशौं दिन आज भर्खरै प्रधानमन्त्री ओली त्रिबि शिक्षण अस्पतालबाट डिष्चार्ज हुनुभएको हो ।
गत फागुन १९ गते अस्पताल भनाई भई २१ गते मिर्गाैलाको दोस्रोपटक प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरी प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभयो । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुको नतिजाहरु सामान्य र सुधारोन्मुख रहेपछि अस्पतालले आज डिष्चार्ज गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्री ओली सातौं दिन नै निवासफर्कन चाहनु हुन्थ्यो तर चिकित्सकले निवासमा आवश्यक ब्यवस्थापकीय काम र धपेडीमा लाग्न सक्ने आसंकमा अस्पतालमै राखेर प्रत्यारोपणपछिको स्वास्थ्य परीक्षण गरेको थियो । सवै परीक्षणको रिपोर्ट सामान्य रहेकोले डिष्चार्ज गरिएको चिकित्सकहरुले जनाएका छन ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको भाइटल तथा ल्याव सूचकहरु पनि राम्रो अवस्थामा रहेको र उहाँले नियमित आधार लिइरहनु भएको छ । चिकित्सकहरुले निवासमा भेटघाट र दौडधुप नगर्न सुझाएका छन।