जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १६:०३

राष्ट्रपति कार्यालयका बिज्ञ र स्वकीय सचिवालयबाट कोरोना राहत कोषमा एक महिनाको तलव


काठमाडौं, चैत १० । राष्ट्पति बिद्यादेवी भण्डारीको सचिवालयमा कार्यरत बिज्ञसहित स्वकीय सचिवालयका सवै सदस्यले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा एक महिनाको तलव उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रपति कार्यालयमा आज बिज्ञ रसचिवालयका सवै सदस्यहरुको बैठकले यस्तो निर्णय लिएको हो ।

कोरोनाबिरुद्धको लडाईमा बिजय प्राप्त गर्न सरकारले चालेको कदमको स्वागत गर्दै एक महिनाको तलव उपलब्ध गराउने निणएय भएको हो । राष्ट्रपति भण्डारीको सचिवालयमा बिज्ञका रुपमा माधव शर्मा, लालबाबु प्रसाद यादव, नेत्रबहादुर थापा, लक्ष्मी कार्की हुनुहुन्छ भने स्वकीय सचिवालयतर्फ प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीसहित सोमकुमार राई, शिव भट्टराई, खेमचन्द्र ढकाल, जिबच्छ साह, हिरामणि आचार्य र दीपा शर्मालगायत हुनुहुन्छ ।