जनता टाइम्स

१० चैत्र २०७६, सोमबार २०:५१

लकडाउनको उल्लघन गरे १ महिना कैद


काठमाडौं, चैत १०

सरकारले मंगलबार विहान ६ बजेदेखी लकडाउन गरेको छ । घरबाट बाहिर ननिस्कन गरेको आव्हान सबैले तोड्न थालेपछि कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गर्ने निर्णयमा पुगेको हो ।

सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको छ । नियम उल्लधंन गरे ऐन अनुसार कारवाही गर्ने निर्णय पनि गरेको छ । ऐन अनुसार दिएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । ऐन अन्तर्गत अधिकृत व्यक्तिहरुलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा रु ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

कसूरमा कारवाही र किनारा गर्ने अधिकार भने ऐनले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । नियम लागु गराउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ऐन अनुसार अधिकार दिइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने अधिकार दिएको सरकारका प्रवक्ता एंव सूचना तथा संचारप्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।