जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार ०७:३९

तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने


काठमाडौं,  बैशाख ९ ।  आज  काठमाडौं  उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।