जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १७:०१

नेकपा वरिष्ठ नेता नेपालसहितका नेताले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग गरे भिडियो कन्फेरेन्स


काठमाडौं, बैशाख १७

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुखसँग दुई घण्टा लामो छलफल गर्नुभएको छ । नेकपाभित्र राजनीतिक संकट गुज्रिरहेका बेला दुई देशका कम्युनिष्ट पार्टीबीच कोरोनाको विषयमा केन्द्रीत रहेर छलफल भएको हो ।

छलफलमा नेकपाका तर्फबाट नेपालसहित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र ६ वटै प्रदेशका पार्टी इन्चार्ज सहभागी हुनु भएको थियो । गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ भने सहभागी हुनु भएको थिएन । चिनियॉ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित दुई घण्टा लामो भिडियो कन्फेरेन्स भएको हो ।

‘कोरोना भाइरस (कोभिड–१९) को चुनौति सामना र सहकार्यबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश मामला विभाग प्रमुख माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, सात वटै प्रदेशका पार्टी इन्चार्ज (पृथ्वीसुब्बा गुरुङ बाहेक) र डाक्टरहरूले आज चिनियॉ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित दुई घण्टा लामो भिडियो कन्फेरेन्स सम्पन्न भयो ।’ बैठकपछि वरिष्ठ नेता नेपालले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।