काठमाडौं, जेठ १
सिन्धुपाल्चोककी एक महिलाको मृत्युको कारण कोरोना नै भएको आधिकारीक पुष्टिका लागि पुनः दोस्रो पटक पीसीआर परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशालामा पहिलो गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।
मन्त्रालयले आधिकारीक घोषणा गर्नु अघि पुनः पुष्टि गर्न दोस्रो पटक परीक्षण गर्न गरिएको र रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । पहिलो रिपोर्ट पोजेटिभ आएपछि महिलाकोबारे थप जानकारी लिन डा. गुणराज लोहनीको नेतृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो । उनीहरु थप छलफल गरेर काठमाडौं फर्किएका छन् ।
दोस्रो रिपोर्ट आएपछि आधिकारीक विवरण सार्वजनिक गरिने बताइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विस्तृत विवरणहरु संकलन गर्ने काम भईरहेको जानकारी दिनुभयो । उहाले परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि सबै तथ्य सार्वजनिक गरिने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्