जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १२:३३

मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, जेठ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने घोषणा गर्नुभएको छ । उहाले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्ने बताउनु भयो ।

उहाले आम सर्वसाधारणलाई लकडाउनले पारेको समस्याका बारेमा सरकार जानकार रहेको बताउदै त्यसको सम्बोधन गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीले शिक्षा, उद्योग व्यवसाय लगायतका जनजिवनमा पारेको प्रभावका विषयमा विशेष निर्णय हुने सक्ने जानकारी दिनुभयो ।

आम सर्वसाधरणले लकडाउन खुकुलो बनाउन माग गरिरहेका बेला सरकारले सो विषय सम्वोधन गर्न लागेको हो ।