जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार २३:२२

रेष्टुरेण्ट पनि खोल्न दिने सरकारको निर्णय


काठमाडौं, जेठ २८

सरकारले रेष्टुरेण्ट पनि खोल्न दिने भएको छ । तर, त्यहा बसेर खान भने पाइने छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेष्टुरेण्टलाई पनि सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

कोरोना कम प्रभावित क्षेत्रमा भएका रेष्टुरेन्ट खोल्न दिने निर्णय भएपनि उनिहरुले प्याकिङ तथा टेक अवे सेवा दिनुपर्ने हुन्छ । जसका कारण कुनै पनि ग्राहकले त्यहाबाट सामान किनेर लैजान पाउने छन् । तर, त्यही बसेर खाएमा भने कारवाही गरिने भएको छ ।