जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १४:४४

संसदबाट अध्यक्ष प्रचण्डको घोषणा : राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँछ


काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याउने उदघोष गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै नेकपा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो ।

‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौं,’ नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भन्नुभयो । उहाँले यो ऐतिहासिक जित भएको उल्लेख गर्दै नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको घोषणा गर्नुभयो ।

उहाँले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिनुभयो ।