जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ०७:१८

एसियाली मुलुकमा सबैभन्दा बढी प्रभावित भारत : एकैदिन १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए


काठमाडौं, जेठ ३१ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको हो ।

एकै दिन अरू ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ ।