काठमाडौं, असार ४
कोरोना भाइरसका कारण विश्व आक्रान्त भईरहेको बेला नेपालमा समेत यसको प्रभाब परेको छ । नेपालमा हाल सम्म ७ हजार २ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण प्रत्यक्ष प्रभावमा अनाथ, अपांग, बेसाहारा परेका छन । यसको निराकरणका लागि खाँडादेबि प्रगतिशिल युवा समाजको अगुवाइ र वडा कार्यलयको समन्वयमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका अनाथ ,अपाङ्ग ,बेसाहारा र जीवनयापन गर्न समस्या भएका परिवारलाई राहात वितरण गरिएको छ ।

उक्त वडा भित्र रहेका अनाथ, अपाङ्ग र बेसाहारा जो काम गरेर जीवनयापन गर्न समस्यामा रहेका छन्, उनीहरुलाई पहिचान गरी राहत वितरण कार्यक्रम सम्पन्न गरेको खाँडादेबि प्रगतिशील युवा समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । प्रति परिवार चामल १ बोरा, चिनी १ केजि, दाल १ केजि, नुन १ केजि ,तेल १ लिटर र साबुन २ पिस वितरण गरिएको समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक अभियान्ता र समाजसेवीहरुको सक्रियता जम्मा भएको विपद कोषबाट वडा भित्रका ६३ जनालाई राहत वितरण गरिएको हो । श्रेष्ठले प्रयागेश्वर माध्यामिक विद्यालयले २५ वटा ग्रुपमा बिभाजन गरी पढाई संचालन गरेकाले आवश्यक स्वास्थ्य सुरक्षाका लागि सेनिटाइजर, माक्स प्रदान गरिएको जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य स्वयम सेवकहरुलाई पनि फुल्पा फुर्केसल्ला धारापानी गोगनपानी शिकारी डाँडा ठाटि प्रयागेश्वर केन्द्र बनाइ टोल-टोलमा सेनिटाइजर र मास्क हस्तान्तरण गरेको हो ।













प्रतिक्रिया दिनुहोस्