भारत ओलीबिरुद्ध लाग्नु आधारभुत र तत्कालीन दुबै कारण मजबूत छन । यसबारेमा नेपाली राजनीतिमा सामान्य चासो राख्ने सबैले बुझेको कुरा हो । यो बिषय घाम जस्तै हुदाहुदै किन हाम्रो नेतृत्व अहिले बसिरहेको स्थायी कमिटीको बैठकबाट सरकारको असफलता देखाउने, सके दुवै पदबाट हटाउने, नसके एक पदबाट हाटाउन कसम खाँदै बैठकमा छलफल गरिदैछ । यसो गर्नमा बाह्य शक्ति र पार्टीभित्रका गुट र उपगुट एकैचोटी परिचालित भएको अनुभूत हुनु दुखद संयोग हो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार बर्तमान परिस्थितिमा बहुपक्षीय चुनौतिको बीचमा छ । चीन र उत्तर कोरियाबाहेक जनताको बीचमा कम्युनिस्ट पार्टीहरु त्यति लोकप्रिय छैनन । नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय छ । नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक निर्बाचन प्रणालीबाट सुबिधाजनक बहुमतले कम्युनिस्ट पार्टीले सरकार संचालन गर्नु आफैमा ठुलो कुरा थियो र हो । २१औं शताब्दीमा नेपालले यो बिषय कार्यान्वयन गरिरहेको छ । यतिबेर साम्राज्यवादी र बित्तीय एकाधिकार पूँजिबादका बिचारक प्रबर्धक, संचालक यसलाई आदर्श मानेर बैचारिक नेतृत्व गर्ने शासकहरुलाई नेपालको कम्युनिस्ट पार्टीको जनअनुमोदित सरकार बनेकोमा शुरुदेखिनै खुशी बनाएको थिएन । ‘निर्वाचन’ पूँजीपन्थीहरु प्रजातन्त्रको मुख्य कडी ठान्थे । आफू भन्दा फरक मत राख्ने राजनीतिक, बैचारिक शक्तिलाई दमन गर्ने निर्बाचन, प्रजातन्त्र र मानब अधिकारको डण्डा तेस्र्याएर एकाधिकार पूँजिबादको झण्डा ऊठाऊथे ।
सत्ता, शक्ति, मसल र पैसाको बलमा बिपक्षलाई पराजित घोषणा गरेर प्रजातन्त्रको नाममा एकाधिकार पूँजिबादी बिश्व संचालन गरेको शक्तिहरु नेपालका कम्युनिष्टको प्रगति देखेर तिलमिलाऊनु स्वभाविक थियो । यो ताकत शुरुदेखि नै कम्युनिस्ट सरकार बिशेष त केपी शर्मा ओलीको बिरोधमा मोर्चाबन्दी गरिरहेको थियो । बैचारिक प्रतिबाद गर्दै थियो । अहिले यो ताकत कम्युनिस्ट पार्टी र सरकारको बिरुद्ध बिभिन्न छद्म नाममा प्रचारात्मक मात्रै होइन, भौतिकरुपमा सडकमा उत्रिएका छ । सरकार बनेदेखि बर्तमान सरकारको मुल ध्येय संबिधान कार्यन्वयन, लोकतन्त्र, जनताको जनजीविका र राष्ट्रिय अखण्डता सुदृढीकरण गर्नु हो ।
राष्ट्रिय अखण्डताको सुदृढीकरण गिर्ने पछिल्लो कदम स्वरूप भारतले अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समाबेस गरेर नयाँ नक्सा पास गरी संबिधान सशोधनमार्फत निशान छाप समेत संशोधन गरेको छ र नेपालको भुमि भारतले छोडनु पर्ने मााग गरेको छ । लामो समयदेखि भारतले कब्जा गरेको भूमि नेपालको नक्शामा समाबेस हुनुको कारण दक्षिण छिमेकी रिसाएको मात्र होइन, सैनिक धम्कीसमेत दिन पछि परेको छैन । बिगत झै भारत प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट हाटाउन चौतर्फी दबाब श्रृजना गर्दै माइक्रो ब्यबस्थानमा उत्रेको छ । आन्तरिक र बाह्य दुबै ढंगले भारत परिचालित देखिन्छ । बिश्वब्यापी रुपमा कोभिड–१९ शताब्दीकै खत्ररनाक महामारिको रुप संक्रमण फैलिरहेको छ । नेपालमा पनि संक्रमणले भयाभह रुपमा लिदैछ । अर्थतन्त्र, जनजीबिका र बिकासमा क्रमस नकारात्मक सुचांक देखिदै छ । संक्रमणको स्थिती यथाबत रहे मुलुको भोकमरी र गरिबको चक्रब्यूँहमा फस्ने संकेत देखिदैछ ।
अमेरिकाको अनुदानमा संचालन हुने एमसिसी परियोजनालाई बिबादको बिषय बनाई नेपाल र अमेरिकाबीचको सम्बन्धमा अप्ठ्यारो श्रृजना हुने अबस्था देखिएकोछ छ । यसमा ‘…. सक्यो दैलो देख्यो’ भन्ने उखान चरितार्थ गरिदैछ । नेपाल र चीनबीच कृतिम सिमा बिबाद तब खडा गरिन्छ । जब नेपाल–भारत सिमा बिबाद, सन्धिको पुनराबलोकन र डुवानको बिषय ऊठछ, तब नेपाल चीन सिमाबिबाद तन्किन्छ । चीनलाई बिबादमा तान्निछ । यसपटक त यो संसदमा पनि प्रबेश गराउने प्रयत्न भएको छ । नेपाल–चीन सिमा बिबाद भारतीय अतिक्रमणको मुद्दा ओझेल पार्न नियतले गरिएको षड्यन्त्र मात्र हो नेपाल र चीनबीचको सम्बन्ध बिगार्ने प्रपन्च हो । यसमा सरकारले आफ्नो दृष्टिकोण प्रष्ट पारिसकेको छ । यदि समस्या भए दुई पक्ष बार्ताद्वारा हल हुने कुरा चीन र नेपाल सहमत नै छन । पार्टी र सरकारमाथिको चौतर्फी घेराबन्दीबाट मुक्त गर्ने पार्टी सरकार र जनताहरु एकतावद्ध हुनु आजको कार्यभार हो । पार्टी र सरकारको दायित्व हो ।
लामो प्रतिक्षापछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकको एजेण्डा सार्वजनिक नहुँदै दुई अध्यक्षबीचका बिबाद, बरिष्ठ नेता माधबकुमार नेपाल र ऊहाँको समुहबद्धता र असुन्तिष्टी बाहिरिएको छ । झन फाइट टु फिनिस हुने गरी लडने जस्ता कुरा बाहरिनु बास्तविक रुपमा दुर्भाग्य हो । पार्टी एकता, कम्युनिष्ट आन्दोलन र जनताप्रति धोका हो । यो एकताप्रति गद्दारी हुनेछ । अहिले नेकपाभित्र देखिएको पार्टी भित्तको शक्ति संघर्ष, गुटबन्दी, आग्रह, अधैर्यताले पार्टी बिशर्जन हुनेछ । पार्टी एकताको बेलामा गरिएको सहमतीय राजनीतिको अन्त हुनुको साथै पार्टी बिघटन हुनेछ । पार्टी बैठकमा जाँदा ओलीको असफलता देखाउन, पार्टीको पद र सरकारबाट ओली हटाउँन मोर्चाबंदी गरी जाने हो भने यो कम्युनिस्ट पार्टीको बैठक हुन सकदैन । यसो हुदा बुद्धि, तर्क, बहस र जनबादको कुनै अस्तित्व हुँदैन । मोर्चा र गुटको अपवित्र गठबन्धन मात्र हुनेछ । यसो गरिरहँदा एकछिन न्यानो त होला तर नतिजा कसैको हातमा रहने छैन । बिधी र प्रकृयाको कुरा सोजो मनले उठए पनि परिणाम जुन ताकत र शक्तिले कम्युनिस्ट पार्टी बिघटन गराऊन, फुटाउन र सरकार ढाल्ने बिभाजन कोरन ब्यक्ति फेर्ने षड्यन्त्र गर्दै छ ।
कतै त्यही शक्तिको अभिष्ट पुरा गर्न हामी ऊद्दत त छैनौ ? नेतृत्वले यति कुरा नबुझेको होला भन्न सकिदैन । बुझेको भए किन यतिसारो बैठक बाहिर गुटबन्दी र मोर्चाबन्दी गरिन्छ । पार्टी नेतृत्व किन सबै बुद्दि बिबेकलाई दाउमा राखी ओलीबिरुद्ध उनलाई असफल देखाऊन बाह्य शक्तिको एजेण्डालाई सहयोग पुग्ने गरी बैठकमा प्रबेश नगर्दै अतिरन्जित ढंगले प्रचार गरिन्छ । त्यसैमा केन्द्रित भएर छलफल चलाइन्छ । प्रतिकृयाबादीलाई खुशी पारिन्छ । कसलाई थाहा छैन ? भारतीय शासक गुट ओलीलाई पार्टी र सरकार दुबैबाट हटाऊन चाहन्छ । उस्का दुत बिभिन्न आबरणमा नेपालमा सकृय छन । हो आज भारत कम्युनिष्ट पार्टीलाई कमजोर बनाऊन ओली हटाऊँ आन्दोलनमा नेपालको हरेक ठाऊमा छ, क्रियशिल छ । भारत ओलीबिरुद्ध लाग्नु आधारभुत र तत्कालीन दुबै कारण मजबूत छन । यसबारेमा नेपाली राजनीतिमा सामान्य चासो राख्ने सबैले बुझेको कुरा हो । यो बिषय घाम जस्तै हुदाहुदै किन हाम्रो नेतृत्व अहिले बसिरहेको स्थायी कमिटीको बैठकबाट सरकारको असफलता देखाउने, सके दुवै पदबाट हटाउने, नसके एक पदबाट हाटाउन कसम खाँदै बैठकमा छलफल गरिदैछ । यसो गर्नमा बाह्य शक्ति र पार्टीभित्रका गुट र उपगुट एकैचोटी परिचालित भएको अनुभूत हुनु दुखद संयोग हो ।
आसा छ, आसन्न बैठकले सबै शंका आशंकालाई खारेज गर्दै पार्टी एकताको बाँकी काम समयमा नै सम्पन्न गरी पार्टीको सबै अगंलाई चलायमान बनाउने अठोट गर्नेछ । सरकारका राम्रा कामको रक्षा गर्दै पार्टी र सरकारको बीच सुमधुर सम्बन्ध कायम भई आउदा दिनमा आउन सक्ने सबैखाले चुनौती सामना गर्न पार्टी र सरकार सफल हुनेछ । सुदृढ पार्टी, सुदृढ सरकार, समावेशी सामाजिक न्यायसहित समाजवादी समाज निर्माण गर्न यो बैठक सफल होस । नेपाल कम्युनिस्ट पार्टी बिग्रह हुन्छ, नेताहरु बिभाजित गर्न गोटी चाल्नेहरु पराजित गराउन यो बैठक कोशेढुगां साबित होस । पार्टी कार्यकर्ता र नेपाली जनताको चहान पूरा होस । सारा प्रतिकृयाबादीलाई सधैको लागि पराजित गर्न सकोस । यही शुभकामना ।
(लेखक पोखरेल पूर्वमन्त्री, नेकपाका केन्द्रीय सदस्य तथा बागमति प्रदेश कमिटीका सचिव हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्