काठमाडौं, असार २२ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा भारत भन्दा नेपाल अगाडि रहेको तथ्यांकले देखाएको छ । कोरोना परीक्षणमा नेपाल भारत भन्दा झडै तीन गुणा अगाडि रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
वल्डोमिटर्सका अनुसार दक्षिण एसियाली मुलुकहरूमा कोरोना भाइरसको परीक्षण गर्ने मुलुकमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडि पहिलो स्थानमा माल्दिभ्स र दोस्रो स्थानमा भुटान रहेका छन । वल्डोमिटर्सका अनुसार तेस्रो स्थानमा रहेको नेपालले प्रतिदश लाख जनामा १८ हजार ८ सय जनाको कोरोना परीक्षण गरेको छ । नेपालमा यो समाचार तयार पार्दासम्म कुल परीक्षण ५ लाख ४७ हजार जनाको गरिएको छ । जसमा १५ हजार ९ सय ६४ व्यक्ति संक्रमित रहेका छन । यसैगरी कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।
चौथो स्थानमा रहेको भारतले भने प्रति दश लाख जनामा केवल ७ हजार जनाको मात्रै कोरोना परीक्षण गरेको छ । कुल परीक्षण भने ९९ सय लाख जनाको गरेको छ । भारतमा कोरोना संक्रमित संख्या झन्डै सात लाख रहेको छ भने १९ हजार ७ सय बढीको मृत्यु भइसकेको एको छ । यो तथ्यांकले नेपाल भारत भन्दा परीक्षणमा झण्डै तीन गुण बढी रहेको देखाउँछ । पाँचौं स्थानमा रहेको पाकिस्तानले भने प्रतिदश लाखमा ६ हजार ४ सय जनाको परीक्षण गरेको छ ।
पाकिस्तानमा १४ लाख जनाको परीक्षण गरिएको छ । जसमा २ लाख ३१ हजार संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म ४ हजार ७ सय जनाको मृत्यु भएको छ । यस्तै प्रतिदश लाख जनामा परीक्षण गर्नेमा बंगलादेश छैठौं र श्रीलंका सातौं स्थानमा रहेको वल्डोमिटर्शको तथ्यांकले देखाएको छ ।
बंगलादेशले प्रति दश लाख जनामा ५ हजार २ सय जनाको परीक्षण गरेको छ भने श्रीलंकाले ५ हजार एक सय जनाको गरेको छ । बंगलादेशमा एक लाख ६५ हजार संक्रमित रहेका छन स जसमध्ये २ हजार जनाको मृत्यु भएको छ । श्रीलंकामा भने जम्मा २ हजार मात्रै संक्रमित रहेका छन । श्रीलंकामा हालसम्म ११ जनाको मृत्यु भएको छ । परीक्षण धेरै गर्नेमा पहिलो स्थानमा रहेको माल्दिभ्स र दोस्रो स्थानमा रहेको भुटानले प्रतिदश लाख क्रमश १ लाख ३ हजार र ३३ हजार ४ सय जनाको परीक्षण गरेको छ ।
माल्दिभ्समा संक्रमित संक्रमित संख्या २ हजार ४ हुँदा ११ जनाको मृत्यु भएको छ । भुटानमा भने ८० जना संक्रमित छन । भुटानमा हालसम्म एक जनाको पनि मृत्यु नभएको वल्डोमिटर्शले जनाएको छ । माल्दिभ्समा हालसम्म ५६ हजार र भुटानमा २५ हजार जनामा कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्