जनता टाइम्स

३१ असार २०७७, बुधबार १४:१५

लोकसेवाले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका


काठमाडौं, असार ३१

लोक सेवा आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण भएको लकडाउनले प्रभावित भएका कार्यतालिकालाई समेत लोक सेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश छ।