श्रृजना भट्टराई, कल्पना पोखरेल/ काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो अनुसन्धानमा आधारित निश्कर्षका आधारमा कोरोना भाइरसबाट बच्ने उपाय सुझाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाबाट बच्नका लागि चिकित्सकहरुले निकालेको निश्कर्षबारे जानकारी दिनुभएको हो । कोरोना संक्रमण नयाँ रोग भएको भन्दै गौतमले दिनानुदिन विभिन्न अध्ययन भइरहेको र अहिलेसम्म प्राप्त परिणामका आधारमा कोरोना संक्रमणबाट बच्न प्रभावकारी उपाय फेला परेको जानकारी दिनुभयो ।
उहाँले हालै विभिन्न तथ्य तथा अनुसन्धानको आधारमा मन्त्रालय कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, थुक र श्वासप्रश्वासबाट निस्कने तरलपदार्थहरुका छिटाबाट सर्न सक्ने सम्भावना देखिएकोले सावधानी अपनाउन आग्रह गर्नुभयो ।
यी हुन कोरोनाबाट बच्ने उपाय
त्यस्तै संक्रमित व्यक्तिलाई स्वास्थ्य सेवा दिने क्रममा विरामीले श्वास फेर्दा निस्कने सूक्ष्म छिटाहरुको माध्यमबाट भाइरस सर्न सक्दछ त्यसैले नाक र मुखबाट निस्किने क्रियाकलाप जस्तै एकैसाथ मिलेर गायनको पूर्व अभ्यास गर्ने, स्थल रेस्टुराँ तथा जिमखाना जस्ता भिडभाड हुने स्थानहरुमा संक्रमण हुने उच्च जोखिममा रहने भन्दै त्यहाँ नजान र यदि गइहाले पनि सावधानी पूर्वक जान आग्रह गर्नुभयो ।
संक्रमितबाट निस्किएका श्वासप्रश्वास प्रणालीका छिटाहरु वरीपरिका वस्तुहरुमा गएर बस्न सक्ने भन्दै उक्त वस्तुहरुलाई दुषित बनेको हुन्छ, त्यसमा कसैले हातले छुने हुँदा सफा नगरी पुनः सोही हातले आँखा, नाक वा मुखमा छोएमा संक्रमण सर्न सक्ने भन्दै सावधानी अपनाउन भनेको हो ।
हालसम्म थाहा भएको जानकारी अनुसार कोरोना संक्रमित व्यक्तिमा लक्षण देखापरेपछि र लक्षण देखापर्नुभन्दा केही दिन अघिदेखि नै नजिकको सम्पर्कमा लामोसमयसम्म रहेमा रोग सर्न सक्छ । लक्षण देखा नपर्ने वा देखा नपरेका व्यक्तिले पनि अन्य व्यक्तिमा भाइरस सार्न सक्छ, त्यसैले जतिसक्दो चाँडो पहिचान गर्ने, टेस्ट गर्ने, आइसोलेसनमा बस्ने वा राख्ने गर्नुपर्छ ।
कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका सबैलाई पहिचान गरेर अलग्याएर राख्ने गर्नुपर्छ । लक्षण देखिएकाहरुलाई जाँच गर्ने, यदि संक्रमण पोजेटिभ आएमा छुट्याएर राखि आवश्यक उपचारको व्यवस्था मिलाउने गर्नुपर्छ । सकेसम्म घर बाहिर भिडमा ननिस्कने, निस्कनै परेमा मन्त्रालयले दिएको मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ । हावा ओहोरदोहोर नहुने साँघुरो कोठामा नबस्ने, आफू बस्ने ठाउँ सँधै सफा रहेको सुनिश्चित गर्ने गर्नुपर्छ ।
भिडभाडमा निस्कदा अनिवार्य मास्क लगाउने साथै कोरोना संक्रमणबाट बच्न र बचाउन अन्य उपायहरु जस्तैः एक अर्काबिच कम्तिमा २ मिटर टाढा बस्ने, पटक–पटक मिचिमिचि साबुनपानीले कम्तिमा २० सेकेन्डसम्म हात धुने, कोरोना संक्रमित र कोरोना संभावित संक्रमित व्यक्तिका स्याहारमा खटिने स्वास्थ्यकर्मीहरुले निरन्तर रुपमा मास्क लगाउने र विरामीले श्वास फेर्दा, खोक्दा, हाछ्युँ गर्दा निस्कने र्याल, सिगान, खकारका छिटाहरुबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ भने हालसम्म ११ हजार २५ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या २४ हजार ५२७ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ११३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्