काठमाडौं, साउन २ । नेकपाका नेता तथा पर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डमध्ये एक जना अध्यक्ष हटे वा हटाइए नेकपाको बैधता सकिने बताउनु भएको छ । पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध गुटबन्दी बढिरहेको र ओली हटाउन नसके पार्टी नै बिभाजन हुने गरी काम अघि बढाउने खुमलटार भेलाको निश्कर्षपछि बाँस्कोटाले यस्तो बताउनु भएको हो ।
‘स्टेकहोल्डर को हुन ? एमालेका ओली र माओवादीका पुष्पकमल हुन। जसमध्ये एक निकालिए वा निक्लए भने नेकपाको बैधता त्यसैपलदेखि सकिन्छ। किनभने दुबै अध्यक्ष थिए र छन, पूर्वमन्त्री बाँस्कोटाले ट्वीट गर्दै भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्