जनता टाइम्स

५ श्रावण २०७७, सोमबार ०८:५०

शंकर पोखरेलको प्रश्न : महाधिवेशनबाटै पन्छिन खोज्नु उचित हो र ?


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाधिवेशनबाट पन्छिएर पर्टीभित्रको समास्यको समाधान नहुने प्रष्ट पार्नुभएको छ ।

सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गरी सहज निकास दिन राख्नुभएको प्रस्तावलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सहमति जनाउनु भएपनि आइतवार बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले आपत्ति जनाएपछि प्रचण्ड सो सहमतिबाट केहीपछि हटेको संकेत दिनुभएको छ । परिष्ठ नेता नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेरै महाधिवेशनको बिपक्षमा उभिनुभएको छ ।

यही बिषयलाई संकेत गर्दै मुख्यमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य पोखरेलले आज बिहानै आफ्नो धारणा राख्दै यस्तो बताउनु भएको हो । ‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेश गर्छौ भन्ने नेताहरु ३ वर्षभित्रै महाधिवेशन गरौं भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।