कालापानी, लिपुलेक र लिम्पियाधुराबारे ओली सरकारले भारतलाई नेपाली भुमिबाट आफ्ना सेना फिर्ता लान आग्रह र उक्त भुभागको नक्सा नेपालको सम्बिधानको अङ्ग बनाउने गरी संसदबाट पारित भएको अवस्थामा भारतीय पक्षबाट प्रधानमन्त्री ओलीको सत्ता बहिर्गमनको लागि चलखेल तीब्र पारेको स्थितिमा पार्टीको स्थायी कमिटी बैठकमा ओलीलाई धन्यवाद र स्याबासी दिनुको सट्टा लामो समयसम्म दुई गुटको निरन्तरको भेटघाट, गुटबन्दीले स्थायी कमिटी र केन्द्रीय कमिटिमा समेत ओली केही कमजोर भएको ठानी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदको राजीनामा मागिएको थियो । सचिबालय र स्थायी कमिटीमा रहेका स्वतन्त्र भनिने नेताहरु समेत ओलीलाई राजनितिको मियोबाट हुत्याउने उपर्युक्त अवसर भएको ठानी एक कित्तामा उभिन बाध्य पारिएको थियो । कम्रेड माधब नेपाल र प्रचण्डहरु मिलेर ओलीलाई सरकार र राजनैतिक जीवनबाट दुधको माखो फाले झै फाल्न लामो समयको रस्साकस्सीले पनि नेकपा मिलेर जान खोजेको देखिदैन ।
टेकराज पौडेल
मजदुर, गरिब किसान र श्रमजिबि जनताको पक्षमा काम गर्ने भनेरै सन्सारका कम्युनिष्टहरु चिनिएका छन । कार्ल माक्सको ‘सन्सारका श्रमजीवी मजदुर हौ एकजुट हौं’ भनेर दिएको आकर्षक नाराले कम्युनिष्टहरु गरिब श्रमजिबी र तल्लो बर्गका मुक्तिदाताको रुपमा काम गर्नु उनीहरुको राजनितीक धर्म हो । नेपालमा २००६ सालमा कमरेड पुष्पलालले स्थपाना गरेको कम्युनिस्ट पार्टी विभिन्न आरोह अबरोह पार गर्दै आज नेपालको सबैभन्दा ठूलो राजनैतिक पार्टी र संसदमै करिब दुई तिहाई मतका साथ सत्ताको बागडोर सम्हालेको छ । बिश्वको कम्युनिस्ट आन्दोलनमा समाज रूपान्तरको लागि खास गरेर २ वटा बिचार धारा रहेको पाइन्छ । आआफ्ना देशका समस्यासङ्ग जुध्न वा बिश्वमा समाजबादी राज्य ब्यबस्था स्थापनाको लागि कुन बाटो अङ्गिकार गर्ने भन्ने सबालमा एउटा बिचारले हिंसाको माग गर्दछ भने अर्कोले शान्तिपुर्ण जनआन्दोलनमार्फत । नेपालमा यी दुबै बिचार एक आपसको सहयोगी भएर नै आजको परिस्थिति निर्माण भएको हो भन्न लाज मान्नु पर्ने बिषय होइन ।
नेपालमा नेकपाको २०११ सालदेखि नै बिबाद तर २०१८ सालदेखि बिभाजित हुँदै आएको स्थिती हो । नेकपाको मुख्य दुई भङ्गालो एमाले र माओबादी मिलेर २०७५ सालमा एकीकृत पार्टी नेकपा बने। नेकपा एकीकृत बन्नु, सरकारमा जानुको अर्थ श्रमजिबी मजदुर, गरिब किसान, सुकुम्बासी र आम तल्लो बर्गको जनता खुशी हुनु हो । पार्टी र सरकारले त्यो बर्गको उत्थानको लागि नीति, योजना र कार्यक्रम ल्याएर देशको कायापलट गरोस भन्ने हो । के आजभोलि नेकपाभित्र चलेको बहश र एक महिनादेखिको बैठक देश र जनताको लागि हो त ? सरकारले जनताका सेवा सुबिधा नबढाएकोले पार्टीले भनेको कुरा प्रधानमन्त्री र सरकारले नटेरेको कारण सरकार फेर्न पर्ने माग उठेको हो त ? राष्ट्रिय स्वाभिमान बचाउने काम यो सरकारले नगरेको कारण प्रधानमन्त्रीको राजिनामा मागिएको हो त ? करिब दुई महिनाअघि आएको सरकारको नीति तथा कार्यक्रम र जेष्ठ १५ गते आएको बजेटमा पार्टीको केही अब्जेक्सन थियो त ? नेपाली जनताले बुझ्ने मामलामा अहिलेको बिबाद त्यस्तो कुनै मुद्धामा केन्द्रित देखिदैन ।
आखिर के हो त बिबादको जड ?
बिबादको जड सत्ता र स्वार्थमा मात्र केन्द्रीत देखिन्छ । आजको यस आलेखमा नेकपाभित्र भएको यो खिचातानी के हो ? यस्तो हुनुमा के कस्तो मनोबिज्ञानले काम गरेको छ र यो कसरी अगाडि बढिरहेको छ भन्नेमा केन्द्रित छ । साथसाथै यसको समाधान के हो भन्नेतर्फ उन्मुख छ । पूर्वमाओबादीबीच नेतृत्वको खास समस्या छैन । अध्यक्ष प्रचण्डलाई नेतृत्वमा टक्राव दिन सक्ने डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द र मोहन बैद्यहरुलाई प्रचण्डले पहिल्यै किनारा लगाइसक्नु भएको छ । हाल पूर्वमाओबादी भित्रबाट नेतृत्वमा टक्राब दिन सक्ने मान्छे नभएकोमा प्रचन्ड ढुक्क हुनुहुन्छ । यतिबेला नेकपाभित्र ३ वटा गुट शसक्त देखिन्छन । प्रचन्ड काम्रेडलाइ अघि बढन उहाँसङ्ग ४० प्रतिशतको संख्या छँदैछ । अर्को दोश्रो गुटको माधब नेपालले नेतृत्व गर्नुहुन्छ, उहाँसङ्ग पनि पूर्वएमाले भित्रको करिब ३० प्रतिशत संख्या केन्द्रदेखि गाउँसम्म होला । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीसङ्ग पनि पूर्वएमालेको ७० प्रतिशत संख्या केन्द्रदेखि वडासम्म भएको अनुमान छ ।
माथिको गुटको संख्याको प्रक्षेपणले के देखाउछ भने नेताहरु आफ्नो शक्ति र स्वार्थको लागि दुइ गुट मिलेर अर्को गुटलाई समाप्त पार्ने खेल हुँदैछ भन्नेमा जनताहरु बिस्वस्त देखिदै छन । नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबारे ओली सरकारले भारतलाई नेपाली भुमिबाट आफ्ना सेना फिर्ता लान आग्रह र उक्त भुभागको नक्सा नेपालको सम्बिधानको अङ्ग बनाउने गरी संसदबाट पारित भएको अवस्थामा भारतीय पक्षबाट प्रधानमन्त्री ओलीको सत्ता बहिर्गमनको लागि चलखेल तीब्र पारेको स्थितिमा पार्टीको स्थायी कमिटी बैठकमा ओलीलाई धन्यवाद र स्याबासी दिनुको सट्टा लामो समयसम्म दुई गुटको निरन्तरको भेटघाट, गुटबन्दीले स्थायी कमिटी र केन्द्रीय कमिटिमा समेत ओली केही कमजोर भएको ठानी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदको राजीनामा मागिएको थियो । सचिबालय र स्थायी कमिटीमा रहेका स्वतन्त्र भनिने नेताहरु समेत ओलीलाई राजनितिको मियोबाट हुत्याउने उपर्युक्त अवसर भएको ठानी एक कित्तामा उभिन बाध्य पारिएको थियो । कम्रेड माधब नेपाल र प्रचण्डहरु मिलेर ओलीलाई सरकार र राजनैतिक जीवनबाट दुधको माखो फाले झै फाल्न लामो समयको रस्साकस्सीले पनि नेकपा मिलेर जान खोजेको देखिदैन ।
नेकपाको सिङ्गो नेतृत्व सङ्गै बस्न नसक्ने हो र गुटको ब्यबस्थापन गर्न नसक्ने हो भने एमाले र माओबादी एकताको कुनै अर्थ रहेन । प्रचण्ड र माधव नेपाल मिलेर ओलीलाइ समाप्त पार्ने, ओली र प्रचण्ड मिलेर नेपाललाई समाप्त पार्ने योजना र रणनीति हो भने त्यो भन्दा नमिठो अरु केही हुदैन । आज अल्पमतमा पारेर एक गुटलाई समाप्त पारे पनि आज बलियो भएको पूर्वएमाले र माओबादीबीचको संगठन भोलि बैचारिक भिन्नताको लागि देखाइने जुगाको लडाइले पनि आज माओबादी र एमालेको एउटा ग्रुपबीच बनेको गठबन्धन भिन्नताले एकै ठाउँ रहन दिदैन । बैचारिक रुपले नै भिन्नता रहदा कसरी लामो समय एकताले काम गर्ला र ? बल्ल बल्ल ७० बर्षको बिचमा भएको नेकपाको एकता फेरि जिवनमा कहिल्लै एक हुने स्थिती र अवसर रहने छैन ।
नेकपामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई साथमा लिएर माधब नेपाललाई सिध्याउन सकिन्छ भन्ने सोच पाल्नु भएको छ भने त्यो पनि जायज होइन । हिजो ४० बर्षदेखि एउटै कमिटीमा बसेर एउटै संघर्षबाट उदाएका माधब नेपाल, झलनाथ र एउटै बिचार, दर्शन र सङ्गठनमा काम गरेका बामदेब गौतमहरुलाई भित्तामा पुर्याएर बिचारकै टुङ्गो नभएका प्रचण्डको मात्र सहयोगले आफुलाई पुग्ने सोचाइ बनाउनु भयो भने त्यसलाई नेकपाको हजारौ कार्यकर्ता र जनताले राम्रो मान्न सक्ने छैनन । यसलाई ओली कमरेडले पक्कै ध्यान दिनुपर्छ । अहिलेको मुख्य समस्या पूर्वएमाले नेताहरुको इगोको झगडा हो भन्ने सबैले बुझेका छन । झलनाथ खनाललाई ओलीसङ्ग अघिल्लो महाधिबेसनमा आफूसङ्ग अध्यक्ष लडन आएको, संसदीय दलमा हराएको र राष्ट्रपतिमा सिफारिस नगरेको रिस राग हुन सक्दछ । तपाईंले २०४७ सालको अन्तरिम सरकारको कृषि, बन मन्त्री हुँदैदेखि प्रधानमन्त्रीहुँदै अहिलेसम्म अवसर पाउनु भएकै छ। देशको कार्यकारी प्रमुख भएको मान्छे फेरि आलंकारिक पदको लागि लोभ देखाउनु राम्रो थिएन । राष्ट्रपतिमा सचिवालयले निर्णय गर्दा तपार्इंको निर्णय भएन । ओली तपाइको एक भोट हुन सक्थे । तपाईंसहित अन्य ७ जनालाइ कन्भिन्स भएको भए ओलीको एक भोटले के फरक पर्दथ्यो ? धेरै लोभको भाडो देखाइरहदा बाहिर मलाइ के भन्दछन भन्ने बुझ्न पर्दछ । तपाईको पछिल्लो गतिबिधिले आफ्नै सरिरको लुगा फुकाल्दै फाल्दै नांगै हुने अवस्थामा पुगेको छ । यस्तो मुर्खता अव बन्द गर्दा नै तपाईको प्रतिष्ठा कायम रहन्छ ।
माधब नेपाल काम्रेड पार्टीको लामो समय नेतृत्व गरेको अनुभवी नेता हो । लोभ लालच नभएको सादगी नेताको परिचय बनाएको नेता आज प्रचण्डलाई धुरी बनाएर आलोकाँचो कार्यकर्ता जस्तो भएर रातदिन खुमलटार हिडेको नेकपाका कार्यकर्ताले राम्रो मानेका छैनन । नेकपाका धेरै नेताले ओली र माधब नेपाल एक सिक्काका दुई पाटा हुन भनेर बुझ्थे । पन्ध्र बर्ष पार्टीको कार्यकारी भएका नेपाल र सधैभरी जनताले र कार्यकर्ताले प्रष्ट देख्नेगरी नेपाललाई निसर्त सहयोग गरेका ओलीबीच नबौ महाधिवेशनमा भिडन्त हुन्छ भनेर कल्पना पनि गरेका थिएनन । ओली प्रधानमन्त्री भएपछि करिब ८ महिनाभित्रै दुनियाले थाहा पाउने र संसदमा रेकर्ड हुने गरी तपाइले भ्वाइस रेकर्ड गराएको अभिब्यक्तिले तपाइको दिमागमा र योजनामा के पाक्दै छ भन्ने प्रस्ट नै देखिन्छ । ओलीले भारतीय नाकाबन्दी र चाइनासङ्गको पारबाहन सम्झौताका कारण पाएको वाहावाहीले तपाइलाई किन पोल्यो ?
ओलिको त्यही वाहावाहिले एमालेलाइ स्थानीय चुनाबमा सत्ताधारी दल माओवादी र कांग्रेस संयुक्त भएर चुनाब लडदाखेरी पनि एमाले एक्लैको ४६ प्रतिशत सिट आएको बिर्शनु भयो ? आफ्नो सहयात्री नेता प्रधानमन्त्री भएको र न्युयोर्क पुगेर सम्युक्त राष्ट्रसंघको बैठकमा छाति फुलाएर नेपालको बारे गर्जिरहेको बेला तपाइले संसदमा बोलेको कुरा कति भद्दा देखियो । ‘माझी आउ देशलाई बचाउ, मेरो देशलाई किनारा लगाइदेउ, आफ्नो त २२ महिना प्रधानमन्त्री हुँदा त प्रसंशा कहिल्यै भएन, अहिलेका प्रधानमन्त्रीलाई कति रहर हो ?’ नेपाल काम्रेड नेकपाको नेतृत्वको दुई तिहाई सरकारको बिकल्प हुन कुन माझिलाई बोलाउनु भयो ? माधब कम्रेडको ओलीबिरुद्धको जेहाद के उदेश्यबाट अभिप्रेरित छ भन्ने सहजै बुझ्न सकिन्छ । मान्छेहरु आरोप लगाउने गर्दछन कि माधब नेपालको ओलीप्रतिको असहयोग र आरोपको पाप कहाँ देखिने होला ? ओलीको सार्वजनिक छवि निर्माण नै माधव नेपालको छटपटाहट हो भन्नेबारे धेरैमा एकमत पाइन्छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पनि केही कमजोरी अबश्य नै छन । ती कमजोरी सुधार गरी तपाईं पार्टीको सबैको साझा नेता हुन पर्दछ । त्यसको लागि सबैलाइ समेटेर लैजाने तरिकाले मात्र पार्टी बलियो हुन्छ । तपाईलाइ एउटा अवसर पनि छ । तपाईं अध्यक्ष भएकै बेला नेकपाको बहुमत आएको छ, तपाईं प्रधानमन्त्री भएको बेला देशको नक्सा जारी भएको छ । जनताले आफुलाई साहशिक प्रधानमन्त्री भएको देशको नागरिक भनेर गर्व गरेका छन । तपाइले ७० बर्ष देखिको कम्युनिष्ट पार्टीको एकतालाइ सम्भव तुल्याउनु भएको छ ।तपाईंद्वारा एकीकृत भएको पार्टी तपाईं कै कार्यकालमा बिभाजित भएको सुन्न देख्न नपरोस भन्नेमा ध्यान पुर्याउनु होला । तपाईं अहिले काम्रेड प्रचण्डको पनि अध्यक्ष हो, प्रचण्ड काम्रेडका अप्ठ्यारा के हुन भन्ने पनि तपाइले बुझ्नु पर्दछ । हिजो यति ठूलो द्वन्दलाई झेलेर आएका मान्छेका अप्ठ्यारा र बाध्याता पनि अबश्य नै छन । ती कुराहरु बुझ्ने र समाधान उन्मुख गराउन सक्नुभयो भने मात्र तपाईं साच्चैको राजनेता हुनुहुनेछ ।
झलनाथ खनाललाई ओलीसङ्ग अघिल्लो महाधिबेसनमा आफूसङ्ग अध्यक्ष लडन आएको, संसदीय दलमा हराएको र राष्ट्रपतिमा सिफारिस नगरेको रिस राग हुन सक्दछ । तपाईंले २०४७ सालको अन्तरिम सरकारको कृषि, बन मन्त्री हुँदैदेखि प्रधानमन्त्रीहुँदै अहिलेसम्म अवसर पाउनु भएकै छ। देशको कार्यकारी प्रमुख भएको मान्छे फेरि आलंकारिक पदको लागि लोभ देखाउनु राम्रो थिएन । राष्ट्रपतिमा सचिवालयले निर्णय गर्दा तपार्इंको निर्णय भएन । ओली तपाइको एक भोट हुन सक्थे । तपाईंसहित अन्य ७ जनालाइ कन्भिन्स भएको भए ओलीको एक भोटले के फरक पर्दथ्यो ? धेरै लोभको भाडो देखाइरहदा बाहिर मलाइ के भन्दछन भन्ने बुझ्न पर्दछ । तपाईको पछिल्लो गतिबिधिले आफ्नै सरिरको लुगा फुकाल्दै फाल्दै नांगै हुने अवस्थामा पुगेको छ । यस्तो मुर्खता अव बन्द गर्दा नै तपाईको प्रतिष्ठा कायम रहन्छ
प्रचण्ड काम्रेड तपाईको साहस र सुझबुझयुक्त नेतृत्वले नेपालमा गणतन्त्र धेरै छिटो प्राप्त भएको हो । धर्म निरपेक्षता , समाबेशिता जस्ता कुराहरुको लागि पनि यसको श्रेयता तपाईलाई नै जान्छ । तथापी देशको यति ठूलो द्वन्दलाइ जसरी एउटा लजिकल इन्डमा पुर्याउनु भयो तर हिजो सङ्गै यति लामो यात्रामा रगत पसिना बगाएका सहयात्रीहरुको योगदानको कदर गर्नु पर्ने बेला उनीहरु मुल प्रबाहमा किन रहन सकेनन र थुप्रै योग्य मान्छेहरु आज मुल प्रबाहमा किन टिकेनन भन्ने अहम सबालमा भन्ने हेक्का दिए जस्तो लागेन । आरोप लगाउने जे जस्तो आरोप लगाए पनि मैले देखेको एक मात्र मुख्य कमजोरी के हो भने नेतृत्व निर्माणको सबालमा निकासको ब्यबस्था गर्नु भएन । नेकपा एमालेभित्र आधा दर्जन नेतृत्व निर्माण भएर निस्किदा समेत तपाईं ३५ बर्ष देखि एकछत्र टुप्पोमा हुनुहुन्छ । तपाईलाई अझै एकीकृत पार्टीको नेतृत्व समेत आफैमा राख्न सक्नेगरी तपाईंद्वारा आज भोलिका खेल देख्दा तपाईं बाचुन्जेल नेतृत्वको शिरबाट तल नझर्ने सोचमा हुनुहुन्छ भन्ने देखिन्छ । यो तालले नेकपा अघि बढ्दैन । त्यसको लागि नेकपाको हरेक कार्यकर्तालाई म टाउको बन्छु भन्ने बिश्वास नहुन्जेल पार्टी खिइने मात्र हो, कुनै नयाँ युबाहरु पार्टीमा आफ्नो भबिष्य देख्दैनन ।
हाल नेकपाभित्र तपाईं सहित ३ गुट छ । पुर्व एमालेमा रहेको पुर्वको ३-४ गुट दुई गुटमा रुपान्तरण भएको छ । देशमा गत स्थानीय चुनाबसम्म आइपुग्दा एक्लै आफ्नै बलबुतामा ३५ प्रतिशत जनमत र ४५ प्रतिशत परिणाम हात पारेको एमालेमा तपाइहरुको जनमत १३ प्रतिशत र परिणाम १० प्रतिशत जोड्दा नेकपा बलियो होला र मुलुकलाई स्थायित्व प्रदान गर्दै गरिब सुकुम्बासी र श्रमजिबी जनताको लागि केही गर्ला भनेर कार्यकर्तादेखि जनताले आशाको नजरले हेरिएको थियो । त्यही एकताको फल स्वरुप नेकपा एक्लैले झण्डै दुई तिहाई बहुमतको नजिक पुगेको थियो। एमालेभित्रको अन्तरगुटमा खेलेर एउटा गुटलाई आफ्नोतिर पारेर तपाईं बलियो हुँदैमा नेकपा बलियो हुन सक्दैन । हिजो आफ्नै बलबुतामा अघि बढेको नेकपा एमालेको प्रवाह रोक्ने मात्र काम हुने छ । तपाईं इतरका मान्छेले तपाईंमाथि लगाउने आरोप यो पनि छ कि एकताबाट तत्कालै प्राप्त हुने फल भनेर बिस्वास गरिएको अवस्थामा खास आजभोलिको चर्को गुटबन्दी ओलीको दोश्रो किड्नी ट्रन्स्प्लान सफल हुनुले पनि हो भन्दछन । नेकपाको स्थायी सरकार दिने मामलामा तपाइले मङ्सिर ४ गते गरेको निर्णयलाई स्वागत र सम्मान गरिदा गरिदै त्यसयता गरिएका गुट भेला नेकपा भबिश्यका लागि ऐजरु साबित हुनेवाला छन । तपाईले कुनै एक गुटलाई बोक्दा बित्तिकै नेकपा आधा सकिन्छ ।
नेकपालाई एकिकृत राख्ने हो भने यो पार्टीलाई देशको बलियो शक्ति बनाउने हो भने आगामी महाधिवेशनमा ७० काटेका हरेक नेता अभिभावक भएर बस्नु पर्दछ । ओलीलाई हामीले एक अवधिका लागि मात्र अध्यक्ष बनाउन हिजो जोड गरियो । प्रधानमन्त्री पनि अर्को पटक हुन आबश्यक छैन । ओलीले जिन्दगीमा कहिल्लै बहुमत नल्याएको पार्टीलाई आफू अध्यक्ष भएको बेला आफ्नै नायकत्वमा बहुमत दिलाउनुभयो । उहाँ एक सफल नेता साबित हुनुभयो ।अब बारबार ओलीलाई नै सिगार्नु छैन । यसैगरी १५ बर्ष पार्टीको र दुई बर्ष कार्यकारी प्रधानमन्त्रीको भुमिकामा रहनु भएका माधब कम्रेड पनि अब पार्टीको अभिभावक भुमिकामा बस्दा नै उचित हुन्छ । प्रचन्ड काम्रेड तपाईं ३५ बर्ष अध्यक्ष हुनुभयो दुई कार्यकाल प्रधानमन्त्री बनी सक्नुभयो । अब फेरि अध्यक्षको लागि मरिहत्ते गर्नु मुलुक र पार्टी हित अनुकुल हुदैन । तपाईले पनि उत्तराधिकारी खोज्ने काम गर्नुभयो भने पार्टी र जनताको नजरमा नायक नै हुनुहुन्छ । अबको नेतृत्वमा युबाहरुलाई ल्याऊँ,, दोश्रो पुस्तालाई अगाढी बढाऊँ । नेकपाको दोश्रो पुस्ता तपाइहरु जत्तिकै योगदान भएको र आधुनिक विश्वसङ्ग परिचित छ । नेकपाको भबिष्यप्रति चिन्ता छ भने पहिलो पुस्ताका यी नेताहरुको नेतृत्वबाट राजीखुसी बाहिरिएर नयाँ नेतृत्वको लागि सामुहिक रुपले पहल थाल्दैनन, तबसम्म नेकपा अघि बढ्न सक्दैन ।
प्रतिक्रिया दिनुहोस्