काठमाडौं, साउन १६
कमलादीबाट भेटिएको भनिएको आधा किलो सुन र साढे १४ किलो चाँदीका विषयमा गरिएको अप्रेसन नै फेक भएको आशंका बढेको छ । प्रहरीले तत्कालै पत्रकार सम्मेलन गरेर दिएको सूचना र अनुसन्धानपछि खोलेको तथ्यले बेग्ला बेग्लै बताएपछि अप्रेसन नै फेक भएको आशंका बढेको हो ।
प्रहरी उच्चस्रोतले दिएको जानकारी अनुसार सुनका विषयमा सबैभन्दा पहिला सुन व्यवसायीले प्रहरी जवान बहादुरसिंह कठायतलाई सूचना दिएका थिए । उनले त्यसपछि सादा पोशाकका जवान प्रशन्न श्रेष्ठलाई सूचना दिए । श्रेष्ठले त्यो सूचना महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई दिए ।
सूचना अनुसार नागपोखरीमा रहेको म्यारिट होटल नजिकैबाट १५ किलो सुन एक गाडीमा लगिदैछ भन्ने । म्यारिट होटलतर्फबाट आउने बाटोमा सुन र हात्तिसारतर्फबाट गाडी आउने सूचनाका आधारमा डीएसपी दाहालको टोली त्यहा पुगेको थियो । उनिहरु नजिकै बसेपनि सूचनामा भने अनुसारको कुनै गाडी आएन । भनिएको समयभन्दा केही ढिलो गरी जवान श्रेष्ठले दाहाललाई फोनगरी गाडी माइतिघर पुगेको जानकारी गराए । त्यसपछि दाहालको गाडी श्रेष्ठले दिएको सूचना अनुसार पछाडी पछाडी लाग्यो ।
प्रहरी स्रोतका अनुसार यहीबाट सक्कली सुन गायब बनाएर नक्कली सुन गाडीमा राखिएको हुन सक्ने आशंका गरेको छ । सो गाडी टेकु हुदै पुन सुन्धारा आएर कडायतलाई झोला दिएको देखिएको छ । सिसिटिभी फुटेजमा पनि सोही दृश्य देखिएको प्रहरी अनुसन्धानमा रहेका एक अधिकारीले बताए । जसले गर्दा मुख्य रुपमा यहा जवानद्वय कडायत र श्रेष्ठको मिलेमतो देखिएको छ ।
दुवैको मिलेमतोमा डीएसपीको पनि साथ छ कि उनलाई गलत सुचना दिएर फसाइएको हो भन्ने कुरा यकिन हुन नसकेको बताइएको छ । प्रहरीले सुन पक्राउ परेको दिन भने कमलादीको नबिल बैंक अगाडी स्कार्पियो गाडीमा आएकाले सुन र दुई पेस्तोल रहेको झोला फ्याकेर भागेको बताएको थियो । तर, झोला सुन्धाराबाट प्रहरीले तीनै गाडीमा रहेका व्यक्तिले ससम्मान दिएको देखिएको छ ।
सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्र नभएकाले उसले ढाटेर घटनास्थल फेरेर बताएको हुनसक्ने अनुसन्धानमा खटिएकाहरुले बताएका छन् । यसमा अर्को रहस्यमय कुरा के छ भने सिसिटिभी फुटेजमा देखिएको स्कार्पियो गाडी र बरामद भएको गाडीको स्वरुपमा परिर्वतन छ । फुटेजमा देखिएको गाडीमा पछाडीपट्टी ऐना र सिंढी छ भने बरामद गाडीमा छैन ।
घटना तब झन रहस्यमय बन्यो, जब शुक्रबार विहान थप एक किलो सुन बरामद गर्यो । प्रहरीले बरामद गरेको सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुकाइ राखेको अवस्थामा एक केजी सुन फेला पारेको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत एक घुमुवा प्रहरीले लुकाउन राखेको अवस्थामा आफन्तको घरबाट सुन फेला परेको हो । सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले लुकाउन लगाएको खुलेको छ ।
बागबजारमा रहेको उमेश श्रेष्ठको घरबाट सुन भेटिएको हो । प्रहरी जवान बहादुर सिंह कडायतलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुन प्रकरणमा जवना श्रेष्ठ र कडायत समेत मुछिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्