काठमाडौं, असार ५ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने विषयबाट पछि नहट्न सरकार र सवै दलहरुलाई आग्रह गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा पाण्डेले सचिवहरूले प्रधानमन्त्रीलाई संयुक्त राजीनामाको धम्की दिएको भन्दै पाण्डेले खुट्टा नकमाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।संघीयतालगत्तै निजामती विधेयक आइसक्नुपर्नेमा बल्ल ०८० सालमा विधेयक आएको भन्दै उहाँले अव कुलिङ पिरियड’ को प्रावधानबाट पछि हटन नहुने बताउनु भयो ।
‘रिटायर्ड भइसकेपछि दुई वर्ष खाली बस्नुपर्ने जुन प्रावधान हामीले बनाएका थियौँ, त्यसलाई खारेज गराउनका लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै अहिले यो विधेयक ल्याउन रोकावट भइरहेको कुरा मैले सुनेको छु। सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस। २५ जना सचिवले राजीनामा दिन्छन भने नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन,’ सांसद पाण्डेले भन्नुभयो ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरु निजामति बिद्येयकमा रहेको कुलिङ पिरियड हटाउनु पर्ने भन्दै प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेताकहाँ धाउनुका साथै राजीनामाको धम्की दिइरहेका छन । सोही कारण सरकार केही लचक बनेपछि बिद्येयक अघि बढन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्