जनता टाइम्स

५ असार २०८२, बिहीबार १७:११

नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नयाँ शक्तिको निर्णय


काठमाडौँ : नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक राजनीतिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको नयाँ शक्तिको राजनीतिक संवाद समितिको बैठकले उक्त निर्णय गरेको हो । विद्यमान राजनीतिक गत्यारोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यले बैठक बसेको उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् ।

‘राजनीतिक समितिको नियमित बैठक हो । सुशासन, संविधान संशोधन, नागरिकका मुद्दा लगायतमा सरकार उदासीन देखिएकाले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने हो कि भनेर निर्णय गरेको हो ।

यही नै पार्टीसँग सहकार्य गर्ने भनेर किटान गरिएको छैन । तर रास्वपा, नाउपा, जपा लगायत दलहरूसँग सहकार्य हुनसक्छ । त्यसको पहलकदमी र नेतृत्व हामीले गर्ने गरी बैठकले निर्णय गरेको हो’, उनले भनिन् ।