जनता टाइम्स

५ असार २०८२, बिहीबार १५:४६

मेयर बालेन आफ्नै बचकाना निर्णयबाट पछि हटे, चार जनालाई पुर्ववत जिम्मेवारी


काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैंले गरेकाे बचकाना निर्णयबाट पछि हट्नु भएको छ । केही समय अघि साहले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी दिनुभएको थियो

हचुवाका भरमा र बचकाना निर्णय गर्दै मेयर साहले आफुहरुलाई हटाएको भन्दै वडाध्यक्षहरु आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गर्नुभएको थियो ।उहाँहरुलाई क्रमश: सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सुचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएर मेयर साहले अरुलाई जिम्मेवारी दिनुभएको थियो ।

उहाँहरुले कार्यपालिकाको निर्णय विना आफुखशी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए भने नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्विकार गरेका थिए ।

विधायन समितिको जिम्मेवारी भने वडा-१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरुले निरन्तर दबाब दिदै आएका छन् । उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह पछिल्लो समय आफुले गरेका केही बचकाना निर्णयबाट पनि पछि हट्नु भएको छ,` एक वडाध्यक्षले भन्नुभयाे ।