जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार ११:०४

पाँच दिनमै यसरी फेरियो नेकपाको सिनारियो


काठमाडौं, भदौं २ । । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन अघि समय किटान गरेरै नेकपाको सिनारियो परिवर्तन हुने घोषणा गर्नुभयो । चर्चित पत्रकार भूषण दाहालको नयाँ कार्यक्रम द ब्राभो टयांगो नामक कार्यक्रममा पहिलो भागमा अन्तवार्ता दिँदै पाँच दिनभित्र नेकपाको बिवादको सिनारियो फेरिने घोषणा गर्नुभयो । उहाँले भन्नुभएको थियो, अबको पाँच दिनभित्रै हेर्नुस, भोलिदेखि १, २, ३, ४, र ५ गन्नुस, अनि प्रश्न सोध्न आउउनुहोला ।

पार्टीभित्रको सिनारियो परिवर्तन भएको पाउनु हुनेछ । आज पाँच दिन पूराभएर छैटौं दिन लागेको छ । यसबीचमा बिभाजन भइसक्छ भन्ने नेकपा बिभाजन टरेर एकताकोबाटोमा लागेको छ । दुई अध्यक्षबीचको सहमति पनि उच्च स्तरमा पुगेको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको सिनारियोमा के कस्तो परिवर्तन भइसक्यो त ? भन्दै प्रश्न उठाउनेहरुले कामबाटै जवाफ पाइसकेका छन । उक्त अन्तर्वार्ताको दोस्रो दिनदेखि नै परिवर्तनकने क्रम यसप्रकार शुरू भयो ।

घोषणाको भोलिपल्टै ९ दिन लामो प्रत्यक्ष भेट र संवादहीनता तोडेर दुई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भेटबार्ता भेयो । अर्थात साउन ४ गतेदेखि चुलिएको विवादको कृत्रिम चुलीमा आइसब्रेक नै भयो । दुई अध्यक्षले सहमतिमा महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बिवाद समाधानका लागि सुझाव दिन ६ सदस्यीय कार्यदल गठन भयो । कार्यदलले काम अघि बढाइसकेको छ भने सचिवालय बैठकले अध्यक्षद्वयको सहमति नैपार्टीनिर्णय हने बिधि र पद्धतीलाई सर्वसम्मत रुपमा पुनः स्वीकार गरेको छ । अध्यक्षद्वयको सहमतिमा घोषणा भएर ठोस समझदारी निर्माणको आन्तरिक प्रयाश तीब्र पारिएको छ ।

यसैगरी प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीका बीचको अगस्ट १५ को संवादले चार महिनाअघिको संवादको कडीलाई जोडेर नयाँ सिलसिला शुरू गरेको छ । दुई देशबीच तथ्यका आधारमा संवादबाटै समस्याको निकास दिने कुरामा प्रतिवद्धता आएको छ । यस्तै सोमवार सम्पन्न सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्य गरेर कार्यदल गठनको प्रक्रियालाई जानकारीमा लिएर अनुमोदन गरिसकेको छ । आज पाँचौं दिनको भोलिपल्ट हो, तथ्यहरुले नै ओलीको बोली पूरा भएको छ।