काठमाडौं, भदौ ४ । पछिल्लो २४ घण्टामा उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भर्खरै दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना नयाँ कोरोना संक्रमित थपिएका हुन । उहाँका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन ।
प्रतिक्रिया दिनुहोस्