जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १६:५७

कोरोना ग्राफ बढ्दो : २४ घण्टामा लियो ६ जनाको ज्यान, मृतक संख्या १२६ पुग्यो


काठमाडौं, भदौ ४ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जिल्लाका थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गर्नुभएको हो ।

आज आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दिनुभएको जानकारीअनुसार कोरा्नाबाट मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ जना महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणसँगै मृत्यु हुनेको संख्या बढेको जनाउँदै थप सतर्कता अपनाउन अपिल गरेको छ ।